टेलिकमको सजिलो अनलिमिटेड अफर, ६३६ रुपैयाँमा एक महिना अनलिमिटेड कल

काठमाडौं । नेपाल टेलिकमले ‘सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड-६३६’ प्याकेजलाई अझै सुविधायुक्त बनाएको छ ।

टेलिकमका अनुसार यो अफरमा पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि रू. ६३६ मा ३० दिनसम्म कम्पनीकै नेटवर्क भित्र अनलिमिटेड कल गर्ने सुविधा पाउने छन् । साथै, अन्य नेटवर्कमा १०० मिनेट कल गर्न सकिने छ ।

यस अफरमा अन नेट १५० वटा एसएमएस पठाउन सकिने सुविधा समेत उपलब्ध छ । त्यसैगरी यस अन्तर्गत पहिले प्रत्येक दिन ३०० एमबी डाटा प्रयोग गर्न सकिने व्यवस्था भएकोमा अब एकमुष्ट ९ जीबी डाटा उपलब्ध हुनेछ ।

पहिले सो ३०० एमबी डाटा सकिएमा दैनिक ६४ केबीपीएसको इन्टरनेट प्रयोग गर्न सकिने सुविधा उपलब्ध भएकोमा अब आवश्यकताबमोजिम ९ जीबी डाटा जतिबेर पनि प्रयोग गर्न सकिन्छ । यो डाटा सकिएमा ग्राहकले सुलभ दरको एड अन प्याक खरिद गर्न सकिनेछ ।

सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड-६३६ प्याकेज प्राप्त गर्नका लागि ग्राहकले  *1415*2*2# डायल गर्नुपर्ने छ । साथै, कम्पनीको ‘नेपाल टेलिकम’ एपको पोस्टपेड रेण्टल प्याकेज अन्तर्गत पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । यस अफरबाट ग्राहकहरुले लाभ लिनुहुने अपेक्षा कम्पनीको रहेको छ ।

समस्या रहेको ५ किमी बाहेक कान्ति राजमार्गको कालोपत्र चालु वर्षमै सकिने Read Previous

समस्या रहेको ५ किमी बाहेक कान्ति राजमार्गको कालोपत्र चालु वर्षमै सकिने

आर्थिक संकटमा फसेको श्रीलङ्काले एकैपटक घटायो २.५ प्रतिशत ब्याजदर Read Next

आर्थिक संकटमा फसेको श्रीलङ्काले एकैपटक घटायो २.५ प्रतिशत ब्याजदर