नेप्सेमा थप ५ कम्पनीको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा यससाता थप ५ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा यससाता ३ लघुवित्त, एक इन्भेष्टमेन्ट कम्पनी र एक इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको हो ।

पाँचै कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट वितरण गरेको लाभांश सूचीकृत गरेका हुन् ।

नेप्सेमा आइतबार स्वरोजगार लघुवित्त, प्रभु इन्स्योरेन्स र हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल)को बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा स्वरोजगार लघुवित्तको २२ प्रतिशत (१३ लाख २६ हजार ६२६.१४ कित्ता), एचआइडीसीएलको ५ प्रतिशत (१ करोड ६ लाख ३८ हजार १३३.७५ कित्ता) र प्रभु इन्स्योरेन्सको ६.७० प्रतिशत (८ लाख ६४ हजार १०६.७६ कित्ता) बोनस सेयर सूचीकृत भएको हो ।

त्यसैगरी, मंगलबार मिथिला लघुवित्तको १५ प्रतिशत अर्थात् २ लाख ५५ हजार ६५५.७७ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

त्यस्तै, बुधबार सपोर्ट लघुवित्तको ११ प्रतिशत अर्थात् ९४ हजार ३८० कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

सूचीकृत पाँचै कम्पनीको बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन् ।

बिजुली पोलका असरल्ल तार हटाउन अझै ६ महिना लाग्ने Read Previous

बिजुली पोलका असरल्ल तार हटाउन अझै ६ महिना लाग्ने

नेपालमा लुब्रिकेन्ट प्लान्ट स्थापना हुने,  गोल्छा ग्रुप र इन्डियन आयलले संयुक्त लगानी गर्ने Read Next

नेपालमा लुब्रिकेन्ट प्लान्ट स्थापना हुने, गोल्छा ग्रुप र इन्डियन आयलले संयुक्त लगानी गर्ने