सेयर बजारमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

काठमाडौं । सेयर बजारले कमब्याक गरेको छ । यस साता अघिल्ला ३ कारोबार दिनमै ११० अंकले घटेको नेप्से आज दोहोरो अंकले कमब्याक गरेको हो ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा यसअघि एफपीओ तथा मर्जरबाट प्राप्त लाभको कर र व्यक्तिगत कारोबारमा पनि आयकार तिर्नुपर्ने व्यवस्था गरेपछि नेप्सेमा उच्च गिरावट आएको थियो ।

आन्तरिक राजस्व विभागले नियमित नभई पटकले कारोबार गर्नेले पूँजीगत लाभकर मात्रै तिर्नुपर्ने स्पष्ट पारेसँगै लगानीकर्ता सम्हालिँदा नेप्सेमा सुधार आएको हो ।

सूचकमा सुधार आए पनि आज कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ६६ करोडले घटेर १ अर्ब ६५ करोडमा सीमित भएको छ ।

बिहीबार नेप्से परिसूचक १६.५४ अंकले बढेर १८६४.३६ विन्दुमा पुगेको छ । यसदिन २७२ कम्पनीको ६१ लाख २८ हजार ६२१ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक बढेको छ । निर्जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा धेरै १.९३ प्रतिशतले बढेको छ ।

आज प्रभु बैंकको प्रमोटर सेयर सर्वाधिक कारोबार भएको छ । यसको २१ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, शिवम् सिमेन्टको ११ करोड बढीको कारोबरा भएको छ ।

दोहोरो अंकले बढेको बजारमा जोशी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक ६.९४ प्रतिशत कमाएका छन् । त्यस्तै, बीपीडब्ल्यू लघुवित्त ६.०८, एशिया हाइड्रोपावर ५.०७, पाँचथर पावर ५.०६, नेरुडे लघुवित्त र ग्रीन डेभलपमेन्ट बैंकको सेयरमूल्य साढे ४ प्रतिशतले बढेको छ ।

भारतले १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली लैजाने Read Previous

भारतले १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली लैजाने

अब नेपालीले भारतमा पनि क्यूआर कोडबाट भुक्तानी गर्न सक्ने Read Next

अब नेपालीले भारतमा पनि क्यूआर कोडबाट भुक्तानी गर्न सक्ने