नेप्सेमा सपोर्ट लघुवित्तको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सपोर्ट लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा बुधबार लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट वितरण गरेको लाभांश सूचीकृत भएको हो ।

नेप्सेमा सपोर्टको ११ प्रतिशत अर्थात् ९४ हजार ३८० कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन् ।

बागमती करिडोर निर्माण र सफाइका लागि २० वर्षे गुरुयोजना बनाइँदै Read Previous

बागमती करिडोर निर्माण र सफाइका लागि २० वर्षे गुरुयोजना बनाइँदै

१० दिनदेखि बन्द मेलम्चीको पानी काठमाडौं आउन थाल्यो Read Next

१० दिनदेखि बन्द मेलम्चीको पानी काठमाडौं आउन थाल्यो