आगामी वर्ष आर्थिक वृद्धिदर लक्ष्य ६ प्रतिशत, मुद्रास्फीति ६.५ प्रतिशतमा सीमित राख्ने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ मा सरकारले ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ ।

सोमबार अर्थमन्त्री डा. प्रकाश शरण महतले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै उनले उक्त लक्ष्य राखिएको जानकारी गराएका हुन् ।

सरकारले चालु आवमा ७ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको भए पनि अर्थतन्त्रमा आएको संकुचनका कारण २.१६ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरिएको छ ।

यस्तै, सरकारले आगामी आर्थिक वर्षमा मुद्रा स्फीति ६.५ प्रतिशतमा सीमित राख्ने लक्ष्य राखेको छ ।

सरकारी स्वामित्वका बैंकलाई पुनःसंरचना गरिने Read Previous

सरकारी स्वामित्वका बैंकलाई पुनःसंरचना गरिने

यस्ता छन् बजेटमा दिइएका छुट तथा सहुलियत सुविधा Read Next

यस्ता छन् बजेटमा दिइएका छुट तथा सहुलियत सुविधा