राष्ट्रियस्तरकाे सडक ३४ हजार किलोमिटर पुग्यो, कालोपत्रे सडक कति ?

काठमाडौं । हालसम्म संघीय सरकारबाट निर्माण भएको राष्ट्रियस्तरकाे सडक सञ्जाल ३४ हजार किलोमिटर पुगेको छ ।

सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म केन्द्रीय सरकारले बनाएको सडक ३४ हजार १०० किलोमिटर पुगेको हो ।

कुल सडकमध्ये १७ हजार ४८० किलोमिटर कालोपत्र, ७ हजार ९५६ किलोमिटर ग्राबेल र ८ हजार ६६४ किलोमिटर कच्ची रहेको छ ।

चालु आवमा जम्मा २४८ किलोमिटर सडक मात्र कालोपत्र भएको छ भने १०४ किलोमिटर नयाँ सडक निर्माण भएको छ । त्यस्तै, ३१६ किलोमिटर सडक ग्रावेल गरिएको सर्वेक्षणमा उल्लेख छ ।

पछिल्लो ५ वर्षमा कुल ४ हजार १२ किलोमिटर नयाँ सडक बनेको छ । आर्थिक वर्ष २०७४/७५ सम्म संघीय सरकारले बनाएको कुल सडक ३० हजार ८८ किलोमिटर रहेकोमा चालु आवको फागुनसम्म ३४ हजार १०० किमी पुगेको हो ।

 

जाल्पा लघुवित्तले तोक्यो बुकक्लोज, कहिलेसम्म सेयर किन्नेले पाउँछन लाभांश ? Read Previous

जाल्पा लघुवित्तले तोक्यो बुकक्लोज, कहिलेसम्म सेयर किन्नेले पाउँछन लाभांश ?

लक्षित वर्गको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने तयारी Read Next

लक्षित वर्गको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने तयारी