जाल्पा लघुवित्तले तोक्यो बुकक्लोज, कहिलेसम्म सेयर किन्नेले पाउँछन लाभांश ?

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट घोषणा गरेको लाभांश पारित गर्न साधरण सभा बोलाएको छ ।

कम्पनीले असार ४ गते चौथो वार्षिक साधरण सभा बोलाएको हो । लघुवित्तको सभा दी एसआर होटल, तिलोत्तमा नगरपालिका–१, ड्राइभरटोल, रुपन्देहीमा हुनेछ ।

कम्पनीले सभामा गत वर्षको नाफाबाट घोषणा गरेको करसहित १५ प्रतिशत बोनस सेयर लाभांश पारित गर्ने प्रस्ताव एजेन्डा लैजाने भएको छ । प्रस्तावित लाभांश कम्पनीको सो सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।

कम्पनीले साधरण सभा तथा लाभांश प्रयोजनका लागि जेठ २३ गते बुकक्लोज मिति तोकेको छ । सो अनुसार जेठ २२ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने छन् ।

निजीकरण गरिएका सरकारी कम्पनी :  ६ वटा बन्द, संचालनमा रहेका दुईतिहाई नाफामा Read Previous

निजीकरण गरिएका सरकारी कम्पनी : ६ वटा बन्द, संचालनमा रहेका दुईतिहाई नाफामा

राष्ट्रियस्तरकाे सडक ३४ हजार किलोमिटर पुग्यो, कालोपत्रे सडक कति ? Read Next

राष्ट्रियस्तरकाे सडक ३४ हजार किलोमिटर पुग्यो, कालोपत्रे सडक कति ?