आज आगामी आर्थिक वर्षको बजेट आउँदै

काठमाडौं । सरकारले आज आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याउने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।

आगामी वर्षका लागि स्रोत अनुमान समितिले १६ खर्ब ८८ अर्ब रूपैयाँको बजेट सीमा तोके पनि अर्थमन्त्री महतले १७ खर्ब बढी आकारको बजेट ल्याउने तयारी गरेको जनाइएको छ ।

सरकारले बजेटमा साधारण खर्च कटौती, पूँजीगत खर्च वृद्धि गर्ने, रोजगारी बढाउने लगायत कार्यक्रमलाई प्राथमिकतामा राख्ने भएको छ ।

चालु आवमा लक्ष्यको आधा मात्रै राजस्व उठे पनि सरकरले राजस्व संकलनको लक्ष्य ठूलो राख्ने भएको छ । आगामी वर्ष साढे १२ खर्ब बढी राजस्व संकलन गर्ने सरकारले लक्ष्य राखेको छ ।

स्रोत व्यवस्थापनका लागि नपुग रकम आन्तरिक र बाह्य ऋणबाट उठाउने भएको छ ।

राजस्वको स्रोत खुम्चिएको अवस्थामा बजेट खर्च व्यवस्थापनका स्रोतको रुपमा वैदेशिक सहायता र ऋणलाई नै पहिलो प्राथमिकतामा राखेको जनाइएको छ । जेठको १५ गते नै बजेट ल्याउनुपर्ने बाध्यकारी संवैधानिक व्यवस्था छ ।

सार्वजनिक संस्थानको नाफा ९४% घट्यो, धेरै कमाउने प्राधिकरण, डुबाउने निगम Read Previous

सार्वजनिक संस्थानको नाफा ९४% घट्यो, धेरै कमाउने प्राधिकरण, डुबाउने निगम

कृषि पेशाबाट पलायन हुने उच्च, आबद्ध जनसङ्ख्या ५० प्रतिशतमा झर्‍यो Read Next

कृषि पेशाबाट पलायन हुने उच्च, आबद्ध जनसङ्ख्या ५० प्रतिशतमा झर्‍यो