नेप्सेमा थप १ कराेड २८ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा थप तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा आइतबार स्वरोजगार लघुवित्त, प्रभु इन्स्योरेन्स र हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल)को बोनस सेयर सूचीकृत भएको हो ।

यी तीनै कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट वितरण गरेको लाभांश सूचीकृत गरेका हुन् ।

नेप्सेमा स्वरोजगार लघुवित्तको २२ प्रतिशत अर्थात् १३ लाख २६ हजार ६२६.१४ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

त्यसैगरी, एचआइडीसीएलको ५ प्रतिशत (१ करोड ६ लाख ३८ हजार १३३.७५ कित्ता) र प्रभु इन्स्योरेन्सको ६.७० प्रतिशत (८ लाख ६४ हजार १०६.७६ कित्ता) बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत तीनै कम्पनीको बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन् ।

निक्षेप खाताको संख्या झन्डै ५ करोड पुग्याे, ऋण खाता साढे १८ लाख Read Previous

निक्षेप खाताको संख्या झन्डै ५ करोड पुग्याे, ऋण खाता साढे १८ लाख

सार्वजनिक संस्थानको नाफा ९४% घट्यो, धेरै कमाउने प्राधिकरण, डुबाउने निगम Read Next

सार्वजनिक संस्थानको नाफा ९४% घट्यो, धेरै कमाउने प्राधिकरण, डुबाउने निगम