नेपाल रिपब्लिक मिडियाको आइपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारी गरिरहेका नेपालीकरुका लागि वैशाख ३१ गतेदेखि विक्रीमा ल्याएको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ४ करोड ३५ लाख ३० हजार रुपैयाँ बराबरको ४ लाख ३५ हजार ३०० कित्ता सेयर विक्रीमा ल्याएको हो ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५०० कित्ताका लागि आवेदन दिन पाउने छन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाह, तिनका शाखा कार्यालय र मेरोसेयर मार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ। आइपीओ निष्काशनका लागि गराएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई ‘आइआरएन सिंगल बी प्लस इस्यूअर’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

बजेटमा के चाहन्छ वित्तीय क्षेत्र ?, यी विषयमा 'पोलिसी डिपार्चर' आवश्यक Read Previous

बजेटमा के चाहन्छ वित्तीय क्षेत्र ?, यी विषयमा 'पोलिसी डिपार्चर' आवश्यक

अबको २ महिनाभित्र काठमाडौंमा भूमिगत लाइनबाट बिजुली वितरण गरिने Read Next

अबको २ महिनाभित्र काठमाडौंमा भूमिगत लाइनबाट बिजुली वितरण गरिने