कुमारी बैंकको झन्डै १५ लाख कित्ता सेयर लिलामीमा, आइपीओकै भाउमा किन्ने अवसर

काठमाडौं । आजदेखि कुमारी बैंकको झन्डै १५ लाख कित्ता संस्थापक समूहको (प्रमोटर) सेयर लिलामीमा आउन भएको छ । बैंकले विद्यमान सेयरधनीको नाममा रहेको १४ लाख ८३ हजार ३७८ कित्ता सेयर लिलामीमा ल्याएको हो ।

बैंकको यो लिलामी सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै जो अन्य व्यक्ति वा कम्पनीले आवेदन दिन सक्नेछन् ।

उक्त सेयर किन्न इच्छुक लगानीकर्ताले न्यूनतम मूल्य प्रतिकित्ता ११० रुपैयाँ नघटाई आफूले लिन चाहेको सेयर संख्य मूल्य तोकी गोप्य शिलबन्दी मार्फत आवेदन दिनु पर्नेछ ।

लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । उक्त लिलामी सेयरमा जेठ १९ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

लगानीकर्ताले बोलपत्र फारम सनराइज क्यापिटलमा पुग्ने गरी बुझाउनुपर्ने छ ।

अरुण तेस्रो प्रवेश मार्गको जग्गाको मुआब्जा दर निर्धारण, प्रतिरोपनी ११.७५ हजार पाउने Read Previous

अरुण तेस्रो प्रवेश मार्गको जग्गाको मुआब्जा दर निर्धारण, प्रतिरोपनी ११.७५ हजार पाउने

उपत्यकामा दुई फ्लाइओभर निर्माण धमाधम, यस्तो छ प्रगति Read Next

उपत्यकामा दुई फ्लाइओभर निर्माण धमाधम, यस्तो छ प्रगति