युनिक नेपाल लघुवित्तको एफपीओ खुल्यो, प्रतिकित्ता भाउ कति ?

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले आज (कार्यालय समय)देखि एफपीओ (थप सेयर निष्काशन) विक्री खुला गर्ने भएको छ ।

लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ दरले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको ३ लाख ७९ हजार ४२५ कित्ता साधारण सेयर विक्रीमा ल्याएको हो ।

कम्पनीले संस्थापक र साधरण सेयरको हिस्सा मिलाउन थप सेयर निष्काशन गर्न लागेको हो । साविकको युनिक नेपाल लघुवित्त र घोडाघोडी लघुवित्त मर्ज भई बनेको यस लघुवित्तमा संस्थापक सेयर ९४.०१ प्रतिशत र सर्वसाधारण सेयर ५.९९ हिस्सा छ ।

राष्ट्र बैंकको नियम अनुसार लघुवित्तमा कम्तीमा ३० प्रतिशत साधरण सेयर हिस्सा हुनुपर्छ । सोही सेयर हिस्सा मिलाउन लघुवित्तले एफपीओ निष्काशन गर्ने भएको हो । एफपीओपछि संस्थापकको ७० र सर्वसाधरणको हिस्सा ३० प्रतिशत कायम हुनेछ ।

लघुवित्तको एफपीओमा जेठ १६ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा जेठ २५ गतेसम्म आवेदन दिन पाइने छ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १०० कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु, तिनका शाखा कार्यालयका साथै मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। एफपीओ निष्काशनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले केयर एनपी बी प्लस इस्यूअर रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

हाल ११ करोड ६ लाख ३२ हजार ५०० रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको एफपीओ निष्काशनपछि १४ करोड ८५ लाख ७५ हजार रुपैयाँ पुग्नेछ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जना विरुद्ध मुद्दा दायर (अभियोग पत्रसहित) Read Previous

नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जना विरुद्ध मुद्दा दायर (अभियोग पत्रसहित)

वाग्मती करिडोरमा सुकुम्बासी बस्ती तगारो, अझै आधा दर्जन ठाउँमा ट्रयाक खोल्न बाँकी Read Next

वाग्मती करिडोरमा सुकुम्बासी बस्ती तगारो, अझै आधा दर्जन ठाउँमा ट्रयाक खोल्न बाँकी