काठमाडौं। युनाइटेड र अजोड इन्स्योरेन्सले मर्जरको लागि अन्तिम स्वीकृति पाएका छन्। कम्पनीहरुले नियामक मार्फत मर्जरका लागि अन्तिम स्वीकृति पाएसँगै जेठ १४ गतेदेखि एकीकृत कारोबार गर्ने भएका हुन् ।
मर्जर प्रक्रियामा रहेका यी दुई कम्पनीले आगामी आइतबारदेखि एकीकृत कारोबार गर्ने भएका हुन । यी कम्पनीले गत पुसमा मर्जर सम्झौतापत्रमा गरेका थिए । दुई कम्पनीले स्वाप रेसियो १ः८२.५ अनुपातमा मर्ज सम्झौता गरेका थिए ।
मर्जरपछि कम्पनीको नाम युनाइटेड अजोड इन्स्योरेन्स रहनेछ । मर्जरपछि कम्पनीको अध्यक्षमा अजोड इन्स्योरेन्सका अध्यक्ष अजाद श्रेष्ठ रहने छन् भने श्रवण रावल प्रमुख कार्यकारी अध्यक्ष हुने छन् ।
अहिले युनाइटेड इन्स्योरेन्सको चुक्ता पूँँजी १ अर्ब ७ करोड रुपैयाँ र अजोडको १ अर्ब रुपैयाँ छ। मर्जपछि यी कम्पनीको चुक्ता पूँजी १ अर्ब ९० करोड रुपैयाँ पुग्नेछ।
बीमा प्राधिकरणले गत वर्ष कम्पनीहरुको चुक्ता पूँजी बढाएसँगै मर्जर सम्झौत गरेकाहरु एकीकृत कारोबार गरिरहेका छन् । मर्जरपछि पनि यस कम्पनीको तोकिएको चुक्ता पूँजी पुग्ने देखिदैन ।