नेशनल लाइफको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले साधरण सभा प्रयोजनका लागि भोलि (जेठ ११ गते) गते बुकक्लोज तोकेको छ । सो अनुसार आजसम्म कायम रहने सेयरधनीले मात्र कम्पनीको लाभांश पाउने छन् ।

नेशनलले गत आवको मुनाफाबाट ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ६.५ प्रतिशत नगद गरी कुल १४.५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीले सो लाभांश पारित गर्न जेठ २२ गते ३५ औं वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको सभा केन्द्रीय कार्यालय, लाजिम्पाटमा बस्नेछ । सो सभाले पारित गरेपछि सेयरधनीले उक्त लाभांश पाउने छन् ।

साढे  १८ अर्ब वैदेशिक ऋण तथा अनुदान लिने सरकारको निर्णय Read Previous

साढे  १८ अर्ब वैदेशिक ऋण तथा अनुदान लिने सरकारको निर्णय

काठमाडौं ‘भ्यू टावर’ २६ तलाको बनाइने, १४ तला थप्ने तयारी Read Next

काठमाडौं ‘भ्यू टावर’ २६ तलाको बनाइने, १४ तला थप्ने तयारी