साढे  १८ अर्ब वैदेशिक ऋण तथा अनुदान लिने सरकारको निर्णय

फाइल तस्वीर ।

काठमाडौं । सरकारले  झन्डै साढे  १८ अर्ब रूपैयाँ वैदेशिक सहायत स्वीकार गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंक र विश्वव्यापी साझेदारीबाट प्रदान हुने अनुदान तथा सहुलियतपूर्ण ऋण लिने निर्णय गरेको हो ।

बैठकले शिक्षा क्षेत्रका लागि विश्व बैंकबाट १२० मिलियन अमेरिकी डलर (१५ अर्ब ८४ करोड रुपैयाँ) सहुलियतपूर्ण कर्जा लिने निर्णय गरेको हो । सो रकम विद्यालय क्षेत्र रुपान्तरणका लागि खर्च गरिने छ ।

त्यस्तै, विद्यालय शिक्षा क्षेत्र आयोजनाका लागि विश्वव्यापी साझेदारीबाट प्राप्त १९.७० मिलियन अमेरिकी डलर ( करिब २ अर्ब ६० करोड रुपैयाँ) अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

त्यसैगरी, सरकारले यही वर्षदेखि लागू हुने गरी असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको छ ।

बिजुलीको महशुल नतिर्ने हेटौंडाका ६३९ ग्राहक कालोसूचीमा, असारभित्रै तिरे छुट पाउने Read Previous

बिजुलीको महशुल नतिर्ने हेटौंडाका ६३९ ग्राहक कालोसूचीमा, असारभित्रै तिरे छुट पाउने

नेशनल लाइफको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन Read Next

नेशनल लाइफको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन