राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम पारित

काठमाडौं । सरकारले सङ्घीय संसद्मा पेस गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट पारित भएको छ । राष्ट्रियसभाको आजको बैठकले उक्त नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।

बैठकले सांसद तुलसाकुमारी दाहाल, विमला घिमिरे र डा बिमला राई पौड्यालले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो ।

त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति कार्यक्रममाथि सांसदले राख्नुभएको जिज्ञासाको जवाफ दिएका थिए । राष्ट्रियसभाको अर्को बैठक यही जेठ १४ गते दिउँसो १३ः१० बजे बस्नेछ ।

चिनी आयातमा उच्च गिराट, उत्पादन वृद्धि कि तस्करी मौलायो ? Read Previous

चिनी आयातमा उच्च गिराट, उत्पादन वृद्धि कि तस्करी मौलायो ?

लाइसेन्स खारेज भएको स्मार्ट टेलिकमले बक्यौता आफैं तिर्नुपर्ने, ३ बैंकको २ अर्ब ऋण बाँकी Read Next

लाइसेन्स खारेज भएको स्मार्ट टेलिकमले बक्यौता आफैं तिर्नुपर्ने, ३ बैंकको २ अर्ब ऋण बाँकी