मर्जरपछि बनेको ‘सानिमा रिलायन्स’को सेयर नेप्सेमा सूचीकृत, ओपनरेञ्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर सूचीकृत भएको छ ।

बिहीबार नेप्सेमा साविकको सानिमा लाइफ इन्स्यारेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स मर्ज भई बनेको नयाँ कम्पनी ‘सानिमा रिलायन्स लाइफ’को सेयर सूचीकृत भएको हो ।

साविकको सानिमा लाइफ र रिलायन्स लाइफ मर्ज हुँदा कायम भएको १ः१ सेयर अनुपातका आधारमा सानिमा रिलायन्स लाइफको ४ करोड १८ लाख ४० हजार कित्ता सेयर सूचीकृत भएको छ ।

कम्पनीको सेयर कारोबारका लागि नेप्सेले ३९१.८८ रुपैयाँ ओपन रेन्ज तोकेको छ । अब यही मूल्यका आधारमा आइतबार कम्पनीको सेयर कारोबार खुल्नेछ । इन्स्योरेन्सको सेयर कारोबारका लागि नेप्सले SRLI संकेत चिह्न दिएको छ ।

सरकारको नीति तथा कार्यक्रम भोलि ४ बजे राष्ट्रपतिले सदमा पेस गर्ने Read Previous

सरकारको नीति तथा कार्यक्रम भोलि ४ बजे राष्ट्रपतिले सदमा पेस गर्ने

अर्थतन्त्रको लागि खतरनाक बन्दै हुन्डी, नियन्त्रण गर्न यस्तो गर्नुपर्छ Read Next

अर्थतन्त्रको लागि खतरनाक बन्दै हुन्डी, नियन्त्रण गर्न यस्तो गर्नुपर्छ