नेप्सेमा उच्च अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी

काठमाडौं । सेयर बजारमा लगातार दोहोरो अंकको वृद्धि भएको छ । बुधबार २३ अंकले बढेको नेप्से आज ३२.२० अंकले बढेर १८७७.३२ विन्दुमा पुगेकाे हो ।

सूचकसँगै आज कारोबार रकममा पनि बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ६२ करोडले बढेर झन्डै डेढ अर्ब पुगेको छ ।

बिहीबार २६४ कम्पनीको ४४ लाख २२ हजार १८६ कित्ता सेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचकमा हरियाली छाएको छ । होटल उपसमूहको परिसूचक सबैभन्दा धेरै ३.७५ प्रतिशतले बढेको छ ।

आज नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । यसको साढे ८ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, शिवम् सिमेन्ट ७ करोड र एनआइसी एशिया बैंक पौने ७ करोडको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

उच्च अंकले बढेको बजारमा दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आत्मनिर्भर लघुवित्त र हिमालयन ऊर्जाको सेयर मूल्य ठ्याक्कै १० प्रतिशत बढेको छ ।

यस्तै, शिव श्री हाइड्रोपावरको ८.१४, गणपति लघुवित्त, श्वेत गंगा हाइड्रोपावर र प्रभु लाइफ इन्स्योरेन्सको सेयर मूल्य ७ प्रतिशतले बढेको छ ।

झापामा फोहरबाट बायोग्यास उत्पादन सुरू, एपी ग्यासभन्दा सिलिण्डरमा रू. १५० सस्तो पर्ने Read Previous

झापामा फोहरबाट बायोग्यास उत्पादन सुरू, एपी ग्यासभन्दा सिलिण्डरमा रू. १५० सस्तो पर्ने

सरकारको नीति तथा कार्यक्रम भोलि ४ बजे राष्ट्रपतिले सदमा पेस गर्ने Read Next

सरकारको नीति तथा कार्यक्रम भोलि ४ बजे राष्ट्रपतिले सदमा पेस गर्ने