काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट घोषणा गरेको लाभांश पारित गर्न साधरण सभा बोलाएको छ ।
कम्पनीले जेठ २२ गते ३५ औं वार्षिक साधरण सभा बोलाएको हो । कम्पनीको सभा केन्द्रीय कार्यालय, लाजिम्पाटमा बस्नेछ ।
कम्पनीले सभामा गत वर्षको नाफाबाट घोषणा गरेको ८ प्रतिशत बोनस सेयर र ६.५ प्रतिशत नगद गरी कुल १४.५ प्रतिशत लाभांश पारित गर्ने प्रस्ताव मुख्य एजेन्डा लैजाने भएको छ ।
प्रस्तावित लाभांश कम्पनीको सो सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् । कम्पनीले साधरण सभा प्रयोजनका लागि जेठ ११ गतेसम्म बुकक्लोज मिति तोकेको छ । सो अनुसार जेठ १० गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने छन् ।