जलस्रोतमा विश्वकै दोस्रो धनी देशमा पानीसमेत आयात

काठमाडौं । जलसम्पदामा विश्वकै धनी देश नेपाल पानीमा समेत विदेशकै भर पर्नु परेको छ । मरुभूमिका देश भनेर चिनिने खाडी मुलुकबाट समेत नेपालले पानी किनेर ल्याएको छ ।

 

भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष पहिलो तीन महिनामा मात्रै विभिन्न ११ मुलुकबाट १० लाख ९१ हजार ४ सय १८ रुपैयाँको पानी आयात भएको छ। यो अवधिमा कूल १७ हजार ४ सय ३८ लिटर पानी आयात भएको हो।

३ महिनामा फ्रान्सबाट सबैभन्दा धेरै १० हजार ६ सय २२ लिटर पानी आयात भएको छ। यस्तै भारतबाट ५ हजार ८४४, संयुक्त अरब इमिरेट्सबाट ३९१ , थाइल्याण्डबाट ४८०, इटलीबाट ९०, फिलिपिन्सबाट २ र जापानबाट १ लिटर पानि आयात भएको छ।

 

गत आर्थिक वर्षको यही अवधीमा ९४ लाख ७० हजारको पानी आयात भएको थियो।

लक्ष्मी बैंक र तिलगङ्गा आँखा अस्पतालबीच सम्झौता Read Previous

लक्ष्मी बैंक र तिलगङ्गा आँखा अस्पतालबीच सम्झौता

ठेकेदार कम्पनी टाट पल्टेपछि मध्यपहाडी लोकमार्ग निर्माण अलपत्र Read Next

ठेकेदार कम्पनी टाट पल्टेपछि मध्यपहाडी लोकमार्ग निर्माण अलपत्र