काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले बीमालेख धितोमा प्रवाह गरेको कर्जाको ब्याजदर घटाएको छ । कम्पनीले आज (जेठ २ गते) देखि लागू हुने गरी बीमालेख धितो कर्जाको ब्याजदर १ प्रतिशत घटाएको हो ।
कम्पनीले यसअघि जारी गरेको बीमालेख धितो कर्जामा ११ प्रतिशत ब्याजदर लिँदै आएकोमा अब १० प्रतिशत लिने भएको छ ।
चालु आवको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले बीमालेख धितोमा २९ अर्ब ५६ करोड रुपैयाँ कर्जा प्रदान गरेको छ । सो बापत १ अर्ब ३७ करोड रुपैयाँ आम्दानी गरेको छ ।