तुम्लिङटार विमानस्थलमा पहिलोपटक बुद्धको एटीआर ७२ जहाजद्धारा उडान

buddha air-atr 72
फाइल तस्वीर

काठमाडौं । सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा पहिलो पटक ७२ सिटे जहाजले उडान गरेको छ । विमानस्थलको स्तरोन्नति भएसँगै मङ्गलबार बुद्धको एयरको एटीआर-७२ विमानले उडान भरेको हो ।

परीक्षण उडान सफल भएको १ वर्षपछि बुद्धले तुम्लिङटार विमानस्थलमा ७२ सिटे जहाजले नियमित उडान सुरु गरेको हो । यसअघि सो विमानस्थलमा बुद्धले एटीआर-४२ विमानबाट व्यावसायिक उडान गर्दै आएको थियो ।

बुद्धले सो विमानस्थलमा गत वर्ष जेठ २१ मा पहिलोपटक एटीआर ७२ जहाजबाट परीक्षण उडान गरेको थियो । नागरिक उड्डयनको कार्यालय तुम्लिङटारका अनुसार अब बुद्धले सो विमानस्थलबाट दैनिक नियमित उडान गर्नेछ ।

तुम्लिङटारमा विमानस्थलमा वि.सं.२०२९ सालदेखि हवाई उडान सुरु भएको थियो । सुरुमा १९ सिटे ट्वीनअटर जहाजबाट उडान हुने उक्त विमानस्थल स्तरोन्नति गरिएसँगै अहिले ठूला जहाजले उडान भर्नसक्ने भएका हुन् ।

विमानस्थलको धावनमार्गको लम्बाइ १ हजार ४२० मिटर रहेको छ ।

चितवनमा प्याराग्लाइडिङ प्रबद्र्धन गर्न ‘प्याकेज’ ल्याइँदै Read Previous

चितवनमा प्याराग्लाइडिङ प्रबद्र्धन गर्न ‘प्याकेज’ ल्याइँदै

अर्थ समितिको पहिलो बैठक : ईभीदेखि स्टक लाइसेन्सको कुरा उठ्यो, कसले के भने ? Read Next

अर्थ समितिको पहिलो बैठक : ईभीदेखि स्टक लाइसेन्सको कुरा उठ्यो, कसले के भने ?