नेपालमै बनेको मोटरसाइकलले पहिलोपटक पायो नम्बर प्लेट

काठमाडौं । नेपालमा उत्पादित यात्री मोटरसाइकलले पहिलोपटक नम्बर प्लेट पाएको छ । यसअघि भन्सार प्रज्ञापन पत्रको आधारमा नम्बर प्लेट दिँदै आएको यातायात कार्यालयले पहिलो पटक नेपालमै उत्पादन भएको मोटरसाइकललाई नम्बर प्लेट दिएको हो ।

यातायात व्यवस्था कार्यालय, गुर्जुधारा (मोटरसाइकल)बाट यात्री पी–१ मोडलले पहिलो पटक नम्बर प्लेट पाएको हो । उक्त मोटरसाइकलले ‘बागमती प्रदेश ०२-०४३ प ८६५० नम्बरे प्लेट पाएको हो ।

यससँगै अब नेपालमा उत्पादन हुने सबै सवारीसाधनलmे दर्ता पाउने बाटो खुलेको हो । अहिले यात्रीका करिब १०० यूनिट पी–१ मोडल ग्राहकले नम्बर प्लेटविना सडकमा गुडिरहेका छन् । अब तिनले पनि नम्बरप्लेट पाउने छन् ।

सरकारले वैशाख १४ गते यातायात ब्यवस्थापन निर्देशिका संशोधन गरी नेपालमै बनेका सवारी दर्ता गर्न कानुनी बाधा फुकाएपछि यात्रीले मूल्य अभिवृद्धि कर (भ्याट) बिल, अन्तःशुल्क निकासी फारमका आधारमा बाइक दर्ता सुरु गरेको हो ।

निर्देशिकामा ‘११.१.९’ नम्बर बुँदा थप गर्दै सरकारले निर्देशिकामा अन्यत्र जुनसुकै कुरा लेखिएको भएपनि विदेशबाट पार्टपूर्जा पैठारी गरी नेपालमा जडान हुने वा नेपालमा नै उत्पादन हुने सवारीको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुनः दर्ता र नामसारी लगायतका प्रयोजनका लागि त्यस्तो सवारीको भन्सार प्रज्ञापनपत्र आवश्यक नपर्ने व्यवस्था गरेको थियो । यसअनुसार नेपालकै बनेको यात्री पी–१ले दर्ताका लागि प्रज्ञापनपत्र (एलसी) खोलेको प्रमाण नबुझाइ दर्ता गर्न पाएको हो ।

नेपालमा जडान हुने वा उत्पादन हुने सवारीको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुनः दर्ता र नामसारी लगायतका कार्यका लागि जडानकर्ता वा उत्पादक कम्पनीले भन्सार प्रज्ञापनपत्रको सट्टा मूल्य अभिवृद्धि कर विजक र प्रचलित कानून बमोजिम अन्तः शुल्क सम्बन्धी प्रावधान आकर्षित हुने सवारीको हकमा अन्तःशुल्क निकासी फारम समेत पेश गर्नु पर्ने व्यवस्था सरकारले गरेको छ ।

गौतमबुद्ध विमानस्थलको १ वर्ष : न नियमित उडान, न टीआइएको विकल्प बन्न सक्यो Read Previous

गौतमबुद्ध विमानस्थलको १ वर्ष : न नियमित उडान, न टीआइएको विकल्प बन्न सक्यो

दृश्य लाउन्जमा सिजिन्स बैंकका ग्राहकले १५ प्रतिशतसम्म छुट पाउने Read Next

दृश्य लाउन्जमा सिजिन्स बैंकका ग्राहकले १५ प्रतिशतसम्म छुट पाउने