नेप्सेमा एकैदिन थप ४ कम्पनीको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा थप चार कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा सोमबार कृषि विकास बैंक, साल्ट ट्रेडिङ कर्पोरेशन, स्वाभिमान लघुवित्त र मिर्मिरे लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो ।

यी सबै कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट वितरण गरेको लाभांश सूचीकृत गरेका हुन् ।

नेप्सेमा कृषि विकास बैंकको (२ प्रतिशत अर्थात् २६ लाख ३७ हजार ५८३.१८ कित्ता, साल्ट ट्रेडिङको १० प्रतिशत अर्थात् २ लाख ५३ हजार ५३१.१९ कित्ता सेयर सूचीकृत भएको हो ।

त्यसैगरी, स्वाभिमान लघुवित्तको २० प्रतिशत अर्थात् २ लाख ४३ हजार ५६४.३० कित्ता र मिर्मिरे लघुवित्तको २३ प्रतिशत अर्थात् १२ लाख २१ हजार ७७२.३९ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत चारै कम्पनीको बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन् ।

अर्थशास्त्रको सिद्धान्तलाई ‘च्यालेन्ज’ गर्ने अर्थतन्त्र Read Previous

अर्थशास्त्रको सिद्धान्तलाई ‘च्यालेन्ज’ गर्ने अर्थतन्त्र

१४० मेगावाटकाे तनहुँ जलविद्युत् आयोजनामा पेनस्टक पाइप जडान सुरू Read Next

१४० मेगावाटकाे तनहुँ जलविद्युत् आयोजनामा पेनस्टक पाइप जडान सुरू