जिरीमा १ किमी लामो ताल निर्माण हुने, ७७५ रोपनी जग्गा प्राप्ति गरिँदै 

काठमाडौं । बागमती प्रदेश सरकारले दोलखाको जिरीमा पर्यटकीय ताल निर्माणका लागि ७७५ रोपनी जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।

जिरी नगरपालिकाको वडा नं ५ मा प्रदेश गौरवको आयोजनाका रुपमा निर्माण गरिने ताल निर्माणका लागि उक्त निर्णय गरिएको सरकारको प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले जानकारी दिए ।

प्रदेश सरकारले चालु आर्थिक वर्षमा ताल निर्माणका लागि १५ करोड रुपैयाँ बजेट विनियोजन गरेका थियो । ताल निर्माण भएपछि जिरीको साथै समग्र दोलखाकाे पर्यटनमा वृद्धि हुने अपेक्षा गरिएको छ ।

ताल १ किलोमिटर लामो र २०० मिटर चौडाइको हुनेछ। सो ताल निर्माणको लागि डुबान हुने क्षेत्रभित्र पर्ने १५१ कित्ता र आवश्यक पूर्वाधार निर्माण तथा अन्य प्रयोजनका लागि ३३९ कित्ता जग्गा अधिग्रहण गर्नुपर्ने हुन्छ ।

डीपीआर अनुसार ताल निर्माणको लागत ३ अर्ब १७ करोड रुपैयाँ रहेको छ।

नेप्से ९ महिना यताकै न्यून विन्दुमा, यी हुन् धेरै मूल्य घट्ने कम्पनी Read Previous

नेप्से ९ महिना यताकै न्यून विन्दुमा, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

अर्थशास्त्रको सिद्धान्तलाई ‘च्यालेन्ज’ गर्ने अर्थतन्त्र Read Next

अर्थशास्त्रको सिद्धान्तलाई ‘च्यालेन्ज’ गर्ने अर्थतन्त्र