महिला लघुवित्तको नाफामा उच्च गिरावट, खराब कर्जा झन्डै १० प्रतिशत

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको खुद नाफामा उच्च गिरावट आएको छ । लघुवित्तले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ५२.८३ प्रतिशतले घटेको छ ।

लघुवित्तले चालु आवको चैत मसान्तसम्ममा ५ करोड २४ लाख रुपैयाँ कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ५ करोड ८७ लाख रुपैयाँ कम हो । लघुवित्तले गत वर्षको चैतसम्म ११ करोड ११ लाख रुपैयाँ कमाएको थियो ।

खुद ब्याज आम्दानी, सञ्चालन नाफा घट्दा र खराब कर्जा बढेपछि इम्पेयरमेन्ट चार्ज बढ्दा लघुवित्तको खुद नाफामा उच्च गिरावट आएको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३.५६ प्रतिशत घटेर २० करोड ५८ लाख रुपैयाँमा सीमित भएको छ । त्यस्तै, सञ्चालन मुनाफा ५२.८३ प्रतिशतले घटेर ७ करोड ४९ लाखमा सीमित भएको छ ।

समीक्षा अवधिमा लघुवित्तले १ अर्ब ४३ करोड निक्षेप संकलन र २ अर्ब ४५ करोड सापटी लिई कुल ४ अर्ब ३० करोड ऋण लगानी गरेको छ ।

हाल २१ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको रिटेन्ड अर्निङमा ५ करोड ५ लाख रुपैयाँ र जगेडा कोषमा १७ करोड ४० रुपैयाँ संचित छ । समीक्षा अवधिमा लघुवित्तको वितरणयोग्य नाफा २ करोड ७६ लाख रुपैयाँ रहेको छ ।

नाफा घटेसँगै लघुवित्तको प्रतिसेयर आम्दानीमा पनि भारी गिरावट आएको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी १००.५२ रुपैयाँबाट घटेर ३२.१७ रुपैयाँमा झरेको छ ।

समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ २०३.२४ रुपैयाँ, मूल्य आम्दानी अनुपात ६१.२४ गुणा र खराब कर्जा ३ गुणाले बढेर ९.८० प्रतिशत पुगेको छ ।

जमानी बस्दा सचेत हुन् आग्रह, ऋणीले पैसा नतिरे जमानी बस्नेलाई के हुन्छ ? Read Previous

जमानी बस्दा सचेत हुन् आग्रह, ऋणीले पैसा नतिरे जमानी बस्नेलाई के हुन्छ ?

पेट्रोल चोर्ने ट्याङ्कर चालकलाई कारबाही, ढुवानी गर्न सधैंका लागि बन्देज Read Next

पेट्रोल चोर्ने ट्याङ्कर चालकलाई कारबाही, ढुवानी गर्न सधैंका लागि बन्देज