काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेड आज (कार्यालय समय)देखि प्राथमिक साधरण सेयर विक्री खुला गर्ने भएको छ । कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारी गरिरहेका नेपालीकरुका लागि आइपीओ विक्री खुला गरेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ४ करोड ३५ लाख ३० हजार रुपैयाँ बराबरको ४ लाख ३५ हजार ३०० कित्ता सेयर ािष्काशन गरेको हो ।
उक्त आइपीओमा लगानीकर्ताले जेठ १४ गतेसम्म आवेदन दिन सक्नेछन्। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५०० कित्ताका लागि आवेदन दिन पाउने छन् ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाह, तिनका शाखा कार्यालय र मेरोसेयर मार्फत आवेदन दिन सक्नेछन् ।
कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ। आइपीओ निष्काशनका लागि गराएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई ‘आइआरएन सिंगल बी प्लस इस्यूअर’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।