नेपाल लाइफको नाफामा छलाङ, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले खुद नाफामा छलाङ मारेको छ । कम्पनीले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा ४४ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

जबकी गत वर्षको सोही अवधिमा कम्पनी १९ करोड ४५ लाख रुपैयाँ घाटामा रहेको थियो । कम्पनीको खुद बीमा शुल्क, लगानी कर्जा तथा अन्य आयबाट हुने आम्दानी बढ्नुका साथै नोक्सानी व्यवस्थापन गर्नुपर्ने रकम घटेपछि नाफामा छलाङ आएको हो ।

समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन ३.२४ प्रतिशतले बढेर २६ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । लगानी तथा अन्य आयबाट हुने आम्दानी ४२.६८ प्रतिशत बढेर ९ अर्ब २४ करोड रुपैयाँ पुगेको छ ।

हाल ८ अर्ब २० करोड चुक्ता पूँजी रहेको कम्पनीको रिजर्भ कोषमा ४८ करोड ६७ रुपैयाँ संचित छ । यस्तै, जीवन बीमा कोषमा १ खर्ब ५७ अर्ब र महाविपत्ती कोषमा ८३ करोड ३७ लाख रुपैयाँ सञ्चित छ।

खुद नाफामा छलाङ मारेसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि धनात्मक भएको छ । गत वर्ष ३.१६ रुपैयाँ ऋणात्मक रहेको कम्पनीको प्रतिसेयर आम्दानी भालु आवमा ७.२५ रुपैयाँ धनात्मक भएको छ ।

कम्पनीको प्रतिसेयर नेटवर्थ पनि ११६.०१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ९३.१९ गुणा रहेको छ ।

शिवम् सिमेन्टको नाफा आधा घट्यो, यस्तो छ वित्तीय अवस्था Read Previous

शिवम् सिमेन्टको नाफा आधा घट्यो, यस्तो छ वित्तीय अवस्था

५० करोडमा खुलेको आरजु राइस मिलको दुई ब्रान्डका चामल बजारमा Read Next

५० करोडमा खुलेको आरजु राइस मिलको दुई ब्रान्डका चामल बजारमा