सुस्तायो सेयर बजार, कारोबार ८ महिना यताकै कम

काठमाडौं । सेयर बजारको ओरालो यात्रा कायमै रहेको छ । यस साता मंगलबार बाहेक अरु सबै दिन नेप्से घटेको छ । समग्रमा यससाता नेप्से ३० अंकले घटेको छ ।

पछिल्लो समय तरलता सहज र ब्याजदर घटे पनि नीतिगत सुधार नहुँदा लगानीकर्ताको मनोवल बढ्न सकेको छैन । जसकारण बजारले अझै गति नसकेको हो ।

आज सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १ करोडले घटेर ५७ करोड रुपैयाँमा सीमित भएको छ । यो पछिल्लो ८ महिना यताकै कम कारोबार हो ।

बिहीबार २५९ कम्पनीको २१ लाख ५ हजार ६५७ कित्ता सेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये १० उपसमूहको परिसूचक घटेको छ भने ३ को बढेको छ । फाइनान्स उपसमूहको परिसूचक सबैभन्दा धेरै ०.६७ प्रतिशतले घटेको छ ।

आज नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । यसको ३ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, ग्लोबल आइएमई बैंकको प्रमोटर सेयर साढे २ करोड र शिवम् सिमेन्ट पौने २ करोडको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

झिनो अंकले घटेको बजारमा आज आत्मनिर्भर लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै ६.१० प्रतिशत कमाएका छन् भने फरवार्ड माइक्रोफाइनान्सका सेयरधनीले ५.९९ प्रतिशत गुमाएका छन् ।

कालीगण्डकी करिडोर प्रसारण लाइन असारभित्र नबने ३०० मेगावाट बिजुली खेर जाने Read Previous

कालीगण्डकी करिडोर प्रसारण लाइन असारभित्र नबने ३०० मेगावाट बिजुली खेर जाने

जेठमा निक्षेपको ब्याजदर नघट्ने, कर्जाको भने घट्ने Read Next

जेठमा निक्षेपको ब्याजदर नघट्ने, कर्जाको भने घट्ने