डिप्रोक्स लघुवित्तको नाफामा उच्च गिरावट, खराब कर्जा ७ गुणा बढ्यो

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको खुद नाफामा उच्च गिरावट आएको छ । लघुवित्तले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ३६.३५ प्रतिशतले घटेको छ ।

लघुवित्तले चालु आवको चैत मसान्तसम्ममा ३९ करोड ५६ लाख रुपैयाँ कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा झन्डै ४ करोड कम हो । लघुवित्तले गत वर्षको चैतसम्म ४३ करोड ६१लाख रुपैयाँ कमाएको थियो ।

खुद ब्याज आम्दानी, सञ्चालन नाफामा घट्दा र खराब कर्जा बढेपछि इम्पेयरमेन्ट चार्ज बढ्दा लघुवित्तको खुद नाफामा उच्च गिरावट आएको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ७.८५ प्रतिशत घटेर ९४ करोड ९ लाख रुपैयाँमा सीमित भएको छ । त्यस्तै, सञ्चालन मुनाफा ३६.३५ प्रतिशतले घटेर ३९ करोड ६५ लाखमा सीमित भएको छ ।

समीक्षा अवधिमा लघुवित्तले ८ अर्ब ७५ करोड निक्षेप संकलन र ८ अर्ब १७ करोड सापटी लिई कुल १८ अर्ब ९१ करोड ऋण लगानी गरेको छ । हाल १ अर्ब ५२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको रिटेन्ड अर्निङमा ५८ करोड रुपैयाँ र जगेडा कोषमा १ अर्ब १५ करोड रुपैयाँ संचित छ ।

नाफा घटेसँगै लघुवित्तको प्रतिसेयर आम्दानीमा गिरावट आएको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ४१.९१ रुपैयाँबाट घटेर २४.२५ रुपैयाँमा झरेको छ ।

यस्तै, प्रतिसेयर नेटवर्थ २१३.५८ रुपैयाँ, मूल्य आम्दानी अनुपात २८.२५ गुणा र खराब कर्जा ७ गुणभन्दा धेरैले बढेर ४.४९ प्रतिशत पुगेको छ ।

अर्थतन्त्र चलायमान बनाउन पुनर्कर्जा र कर्जा पुनर्तालिकीकरण व्यवस्था गर्न अध्यक्ष ढकालको माग Read Previous

अर्थतन्त्र चलायमान बनाउन पुनर्कर्जा र कर्जा पुनर्तालिकीकरण व्यवस्था गर्न अध्यक्ष ढकालको माग

अब कर्जाको ब्याजदर पनि महिनैपिच्छे घट/बढ हुने Read Next

अब कर्जाको ब्याजदर पनि महिनैपिच्छे घट/बढ हुने