सेयर बजार ८ महिना यताकै न्यून विन्दुमा, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

काठमाडौं । सेयर बजारमा लगातार दोहोरो अंकको गिरावट आएको छ । आइतबार १९ अंकले घटेको नेप्से आज १६.९३ अंकले घटेर १८३३.६९ विन्दुमा आइपुगेको छ ।

यो पछिल्लो ८ महिना यताकै न्यून विन्दु हो । यसअघि गत कात्तिकमा नेप्से १८३० विन्दुमा आएको थियो ।

आज सूचकमा गिरावट आए पनि कारोबार रकममा भने केही सुधार आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम २२ करोडले बढेर ८२ करोड रुपैयाँ पुगेको छ ।

सोमबार २७० कम्पनीको २८ लाख १० हजार ६२७ कित्ता सेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएको छ । होटल उपसमूहको परिसूचक सबैभन्दा धेरै २.४४ प्रतिशतले घटेको छ ।

आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको पौने ४ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, हिमाल दोलखा हाइड्रोपावर र हिमालयन डिस्ट्रीलरीको समान २२ करोडको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

दोहोरो अंकले घटेको बजारमा इस्टर्न हाइड्रोपावरको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले सर्वाधिक १० प्रतिशत गुमाएका छन् ।

स्थानीय तहका पदाधिकारी र कर्मचारीलाई विदेश भ्रमणमा कडाइ Read Previous

स्थानीय तहका पदाधिकारी र कर्मचारीलाई विदेश भ्रमणमा कडाइ

मौद्रिक नीति खुकुलो गर्न दबाब, अपेक्षा अनुसार लचक नहुने राष्ट्र बैंकको संकेत Read Next

मौद्रिक नीति खुकुलो गर्न दबाब, अपेक्षा अनुसार लचक नहुने राष्ट्र बैंकको संकेत