काठमाडौं । निरन्तर ओरालो लागेको सेयर बजारमा साताको अन्तिम दिन भने सुधार आएको छ । बिहीवार नेप्से परिसूचक १२.७३ प्रतिशतले बढेको हो । यसदिन परिसूचक १८६९.७३ अंकको विन्दुमा पुगेको छ । आज २० हजार पटकको सेयर कारोबारमा २५ लाख ३३ हजार कित्ता सेयर किनबेच भएको छ ।
नेप्सेका अनुसार ७३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज नबिल बैंकको संस्थापक सेयर सर्वाधिक ४ करोड ५० लाख रुपैयाँ बराकरको किनबेच भएको छ ।
शिवम् सिमेन्टको २ करोड २१ लाख, नबिल बैंक १ करोड ९६ लाख, हिमाल दोलखा हाइड्रोपावर १ करोड ८४ लाख र एभरेष्ट बैंकको १ करोड ६५ लाख रुपैयाँ बराबरको सेयर किनबेच हुँदै शीर्ष ५ मा रहे ।
सामान्य अंकले बढेको बजारमा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज एनआइबीएल ग्रोथ फन्ड र लक्ष्मी लघुवित्त वित्तीय संस्थाका लगानकिर्ताले ९ प्रतिशत बढीले कमाएका छन् ।
यसैगरी सयपत्री हाइडेपावर र आत्मनिर्भर लघुवित्तको सेयर मूल्य ८ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले ७.२० प्रतिशतले कमाएका छन् ।
यसदिन सबैभन्दा धेरै एनएमबी डिबेन्चरका लगानीकर्ताले ५.८५ प्रतिशतले गुमाएका छन् । एसबीआई बैंक डिबेन्चरको सेयर मूल्य ५.३८ प्रतिशतले घटेको छ भने इस्टर्न हाइड्रोपावरका लगानीकर्ताले ४प्रतिशतले गुमाएका छन् ।