थप १३ वटा नयाँ ब्रोकर कम्पनीले पाए आशयपत्र, कुन-कुन हुन ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप १३ कम्पनीलाई धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी)को लाइसेन्सको आशयपत्र (एलओआई) दिएको छ ।

बुधबार बसेको बोर्ड सञ्चालक समितिको बैंठकले आवेदन दिएका ४५ मध्ये थप १३ कम्पनीलाई आशयपत्र दिएको हो । यसअघि सोमबार १६ कम्पनीले आशयपत्र पाएका थिए ।

योसहित २९ कम्पनीले लाइसेन्सका लागि आशयपत्र पाएका छन् । बुधबार १३ वटै कम्पनीहरुले सिमित कार्यका लागि आशय पाएका छन् । सनराइज सेक्युरिटिज, जेबिएनएल सेक्युरिटीज, शेयर प्रो सेक्युरिटीज, स्टक्स्कार्टस सेक्युरिटीज,प्रोपर्टी विजार्ड, क्यापिटल हब, मिल्की वे सेयर ब्रोकर, ब्लु चिप सेक्युरिटी, गरिमा सेक्युरिटीज, कलश स्टक मार्केट, मनि वर्ल्ड सेयर एक्सचेन्ज, शुभकामना सेक्युरिटीज र मियो सेक्युरिटीजले आशय पत्र पाएको बोर्डले जनाएको छ ।

अब एलओआई पाएका उक्त कम्पनीहरुले बोर्डले जारी गरेको मापदण्ड पुरा गरेर आवेदन दिएपछि लाइसेन्स पाउनेछन् । बोर्डले गत २ असोजमा धितोपत्र दलाल व्यवसायीको लाइसेन्सका लागि आवेदन माग गरेको थियो । बोर्ड लाइसेन्सलाई ‘ओपन इन्ट्री ओपन एक्जिट’ को व्यवस्था सहित नियमावली संशोधन गरेर लाइसेन्सका लागि आवेदन माग गरेको थियो ।

बोर्डले माग गरेको ३० दिनको अवधिमा ४५ कम्पनीले आवेदन दिएका थिए । बोर्डले धितोपत्र व्यापारीको लाइसेन्सको लागि न्यूनतम चुक्ता पूँजी १ अर्ब ५० करोड, पूर्ण कारोबार गर्ने धितोपत्र दलालको लागि ६० करोड र सीमित कार्य गर्ने धितोपत्र दलाल व्यवसायीको लागि न्यूनतम चुक्ता पूँजी २० करोड रुपैयाँ तोकेको छ ।

अनलाइनमार्फत नौ हजार पदयात्रीले लिए ‘टिम्स’ कार्ड Read Previous

अनलाइनमार्फत नौ हजार पदयात्रीले लिए ‘टिम्स’ कार्ड

सेनिटरी प्याडमा भन्सार छुटको प्रभाव : दोब्बर बढीले बढ्यो आयात Read Next

सेनिटरी प्याडमा भन्सार छुटको प्रभाव : दोब्बर बढीले बढ्यो आयात