चालु वर्षको आर्थिक वृद्धिदर २.१६ प्रतिशत हुने प्रक्षेपण

काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर २. १६ प्रतिशतमा सिमित रहने अनुमान गरिएको छ । मंगलबार तथ्यांक कार्यालयले यस वर्षको आर्थिक वृद्धिदर २.८६ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको हो ।

सरकारले चालु वर्षमा ८ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने घोषणा गरेको थियो । तर, अर्थतन्त्रमा आएको संकुचनले लक्ष्य पुरा गर्न नसकिने यसअघि नै राष्ट्रिय योजना आयोग, अन्तर्राष्ट्रिय मुद्राकोष, एडीबी र विश्व बैंक जस्ता संस्थाहरुले बताएका थिए ।

एसियाली विकास बैंक र विश्व बैंकले सन् २०२२/२३ का लागि नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत हुने प्रक्षेपण गरेका थिए । यो वर्ष उपभोक्ता मूल्यमा १.८६ प्रतिशत आर्थिक वृद्धि रहने कार्यालको प्रक्षेपण छ । अर्थतन्त्रको आकार आर्थिक वर्ष २०७९/८० मा ५३ खर्ब ८१ अर्ब पुग्ने जनाएको छ ।

नेपालको आर्थिक वृद्धिदर २०७६र७७ मा २.४ प्रतिशतले ऋणात्मक भएको थियो । आर्थिक वर्ष २०७७र७८ मा ४.५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल भएकोमा गत आर्थिक वर्ष २०७८र७९ मा ५.३ प्रतिशत आर्थिक वृद्धि भएको थियो ।

१५ प्रतिशत लाभांश वितरण गर्ने राष्ट्र उत्थान लघुवित्तको निर्णय Read Previous

१५ प्रतिशत लाभांश वितरण गर्ने राष्ट्र उत्थान लघुवित्तको निर्णय

नेपालमा ओटिटी, विदेशीमै छन् दर्शक Read Next

नेपालमा ओटिटी, विदेशीमै छन् दर्शक