काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। संस्थाले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले २६ करोड रुपैयाँ चुक्ता पूँजीको १४/२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ नगद लाभांश ०।७५ प्रतिशत गरी कुल १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।
३ करोड ७० लाख ५० हजार रुपैयाँ बोनस सेयर र १९ लाख ५० हजार नगद लाभांश गरी ३ करोड ९० लाख रुपैयाँको लाभांश प्रस्ताव गर्न लागेको संस्थाले जनाएको छ।
संस्थाको संचालक समितिको बैठकले गत वैशाखमा लाभांश वितरण गर्ने निर्णय गरेको थियो। उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी साधारणसभाबाट पारित गरेर वितरण हुनेछ।