काठमाडौं । मंगलबार सेयर बजारमा सामान्य गिरावट आएको छ । आज नेप्से परिसूचक ६.२९ अंकले घटेको हो । यस दिन परिसूचक १८६४.३८ को विन्दुमा झरेको छ । नेप्सेका अनुसार यसदिन २७१ कम्पनीको २२ लाख कित्ता सेयर किनबेच भएको छ । २० हजार पटकको कारोबारमा ६६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
आज हिमालय डिष्ट्रिलरी कम्पनीको २ करोड ४० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । शिव सिमेन्ट र नेपाल दुरसञ्चार कम्पनीको २/२ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । तारागाउँ होटल रिजेन्सीको १ करोड ९० लाख र हिमाल दोलखा हाइड्रोपावरको १ करोड ७२ लाख रुपैयाँ बराबरको सेयर किनबेच हुँदै शीर्ष पाँचमा रहे ।
आज सबैभन्दा धेरै आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ८.२० प्रतिशतले वृद्धि भएको छ । सनराइज डिबेन्चर, गुँरास लघुवित्तको चारचार प्रतिशत बढीले सेयर मूल्य बढेको छ । यसैगरी, पिपुल्स पावर र सनराइज ब्लुचिप फन्डको साढे तीनप्रतिशत बढीले मूल्य वृद्धि भएको छ ।
आज सबैभन्दा धेरै स्वेतगंगा हाइड्रोपावरका लगानीकर्ताले ४.७० प्रतिशतले गुमाएका छन् । मिथिला लघुवित्तको सेयर मूल्य ४.५७ प्रतिशतले घटेको छ भने नयाँ सारथि लघुवित्त वित्तीय संस्सथाका लगानीकर्ताले ३.९४ प्रतिशतले गुमाएका छन् ।