नेप्सेमा दोहोरो अंकले गिरावट, यी कम्पनीका लगानीकर्ताले गुमाए धेरै

काठमाडौं । सेयर बजारमा गिरावट आएको छ । साताको पहिलो दिन शनिबार नेप्से परिसूचक १९.१० अंकले घटेको हो । यस दिन परिसूचक १८७०.६६ को विन्दुमा झरेको नेप्सेले जनाएको छ ।

आज २७१ कम्पनीको ३२ लाख कित्ता सेयर किनबेच भएको छ । २६ हजार पटकको कारोबारमा ९५ करोड रुपैयाँ बराबरको सेयर किकनबेच भएको छ ।

आज शिवम् सिमेन्टको ४ करोड, इन्भेष्टमेन्ट मेगा बैंकको ३ करोड सहित सर्वाधिक कारोबार भएको छ । यसदिन एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड र प्रभु बैंक डिबेन्चरका लगानीकर्ताले ३ प्रतिशत बढीले कमाएका छन् ।

सबैभन्दा धेरै गुमाउनेमा एनआइबीएल ग्रोथ फन्डका लगानीकर्ता रहेका छन् । यस कम्पनीको सेयर मूल्य आज ८.८९ प्रतिशतले घटेको छ । अपर सोलु हाइड्रोपावर, हिमालयन उर्जा विकास, अंखुखोला जलविद्युत, पिपुल्स पावर कम्पनीका लगानीकर्ताले ४ प्रतिशत बढीले गुमाएका छन् ।

दुई वटा एक्सचेन्ज भएपछि कसरी हुन्छ सेयर कारोबार ? Read Previous

दुई वटा एक्सचेन्ज भएपछि कसरी हुन्छ सेयर कारोबार ?

अमेरिकी डलर सटहीको सीमा बढ्यो, अब पाँच हजारसम्म सटही गर्नसक्ने Read Next

अमेरिकी डलर सटहीको सीमा बढ्यो, अब पाँच हजारसम्म सटही गर्नसक्ने