काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई लघुवित्त कम्पनीको साधरण सेयर (आइपीओ) सूचीकृत भएको छ । नेप्सेमा आइतबार बीपीडब्ल्यू लघुवित्त वित्तीय संस्था र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर सूचीकृत भएको हो ।
दुवै कम्पनीले संस्थापक र सर्वसाधरणका लागि जारी गरेको सेयर सूचीकृत गरेका हुन् । नेप्सेका अनुसार बीपीडब्ल्यू लघुवित्तको कुल ३ लाख कित्ता सेयर सूचीकरण भएको हो ।
नेप्सेले बीपीडब्ल्यूको पहिलो कारोबारका लागि न्यूनतम ८६.७८ रुपैयाँदेखि अधिकतम २६०.३४ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ । कम्पनीको कारोबारका लागि नेप्सले BPW संकेत चिह्न दिएकाे छ ।
त्यस्तै, आत्मनिर्भर लघुवित्तको कुल ४ लाख २० हजार कित्ता सेयर सूचीकरण भएको हो । यसको पहिलो कारोबारका लागि नेप्सेले ३७१.८२ रुपैयाँदेखि अधिकतम १११५.४६ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ । कम्पनीको कारोबारका लागि नेप्सले ANLB संकेत चिह्न प्रदान गरेको छ ।
नेप्सेमा सूचीकरण भएसँगै सोमबारदेखि दुवै कम्पनीको सेयर कारोबारमा आउने छ । यद्यपि, भोलि प्रिओपन सेसनमा कारोबार हुन नसके नियमित सेसनमा कारोबारमा आउने छैन ।