बुटवल-तानसेन सडक अब दिउँसो बन्द नहुने, राति ६ घण्टा बन्द हुने

काठमाडौं । बुटवल-तानसेन सडकखण्ड अब राति मात्र बन्द हुने भएको छ ।

सुरुङमार्ग निर्माणको पूर्व तयारीका काम गर्न दिउँसो र राति गरी दैनिक ९ घण्टा बन्द हुँदै आएको उक्त सडकखण्ड अब रातिमात्रै बन्द गरिने भएको हो ।

यसअघि गत चैत २१ गतेबाट दिउँसो ११ बजेदेखि २ बजेसम्म र राति १० बजेदेखि बिहान ४ बजेसम्म दिनहुँ बन्द हुँदै आएको थियो । अब राति १० बजेदेखि बिहान ४ बजेसम्म मात्र बन्द हुनेछ ।

निर्माण व्यवसायीले तदारुकताका साथ काम नगरेपछि सर्वसाधारणले दिउँसोमा सडक बन्द नगर्न माग गरेपछि रातिको ६ घन्टा मात्र बन्द गराइन लागिएको हो ।

यस सिजनको चियाको टिपाई सुरू, विदेशी व्यापारी इलाममा Read Previous

यस सिजनको चियाको टिपाई सुरू, विदेशी व्यापारी इलाममा

२ अर्ब मुद्दती निक्षेपमा राख्दै राष्ट्र बैंक, यस्ता बैंकले मात्र पाउने Read Next

२ अर्ब मुद्दती निक्षेपमा राख्दै राष्ट्र बैंक, यस्ता बैंकले मात्र पाउने