काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले हाल कायम चुक्ता पूँजीको २०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ।
कम्पनीको सञ्चालक समितिको वैशाख १५ गते बसेको बैठकले हाल कायम चुक्ता पूँजीको १:२ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँँ दरले १ अर्ब ६० करोड रुपैयाँ बराबरको १ करोड ६० लाख कित्ता हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले नयाँ आयोजना र बैंकको ऋण तिर्न हकप्रद जारी गर्न लागेको हो । कम्पनीले हकप्रदबाट प्राप्त ९६ करोड २० मेगावाट क्षमताको आँखुखोला –२ जलविद्युत आयोजना लगानी गर्ने र बाँकी रहेको रकम बैंक तथा वित्तीय संस्थामा रहेको ऋण तथा अन्य दायित्व भुक्तानीको लागि उपयोग गर्नेछ जनाएको छ । ।
प्रस्तावित हकप्रद सेयर विद्युत नियमन आयोग र नेपाल धितोपत्रको बोर्डको स्वीकृति र सम्बन्धित कम्पनीको साधरण सभाले पारित गरेपछि निष्काशन हुनेछ ।
हाल ८० करोड चुक्ता पूँजी रहेको कम्पनीको हकप्रदपछि २ अर्ब ४० करोड रुपैयाँ पुग्नेछ ।