नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

कम्पनी संचालक समितिको वैशाख १७ गते बसेको बैठकले गत आवको मुनाफाबाट सेयरधनीलाई ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद गरी कुल ५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय अर्थ मन्त्रालय, बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीहरुले पाउनेछन्।

हाल १२ अर्ब २३ करोड चुक्ता पूँजी रहेको कम्पनीको बोनस सेयर वितरणपछि १२ अर्ब ८१ करोड रुपैयाँ पुग्नेछ ।

नेपालमा चिया खेतीको ४ दशक : निर्यातमा वृद्धि, तर सस्तोमा बेच्नुपर्ने बाध्यता Read Previous

नेपालमा चिया खेतीको ४ दशक : निर्यातमा वृद्धि, तर सस्तोमा बेच्नुपर्ने बाध्यता

आँखुखोला जलविद्युतले हकप्रद सेयर जारी गर्ने Read Next

आँखुखोला जलविद्युतले हकप्रद सेयर जारी गर्ने