इङवा हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । इङवा हाइड्रोपावर लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले वैशाख १६ गतेदेखि सर्वसाधरणका लागि विक्रीमा ल्याएको प्रतिकित्ता १०० रुपैयाँ दरले १२ करोड ६८ लाख ६३ हजार ९०० रुपैयाँ बराबरको १२ लाख ६८ हजार ६३९ कित्ता सेयरमा आवेदन दिने आज अन्तिम दिन हो ।

उक्त आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु, तिनका शाखा कार्यालयका साथै मेरोसेयर मार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक नेपाल एसबीआइ मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । आइपीओ निष्काशनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी इस्यूअर’ रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले हाल ९.७ मेगावाटको इङवा खोला साना जलविद्युत आयोजना संचालन गरिरहेको छ । यसको प्रतिमेगावाट लागत २० करोड १० लाख ३० हजार ९०० रुपैयाँ रहेको छ । आयोजनाको कुल अनुमानित लागत १ अर्ब ९५ करोड रुपैयाँ रहेको छ।

अझै छनोट हुन सकेनन् समपूरक र विशेष अनुदान पाउने आयोजना Read Previous

अझै छनोट हुन सकेनन् समपूरक र विशेष अनुदान पाउने आयोजना

चैतमा साढे ३३ अर्ब रकमान्तर, कुन आयोजनाले कति रकम पाए ? Read Next

चैतमा साढे ३३ अर्ब रकमान्तर, कुन आयोजनाले कति रकम पाए ?