नेप्सेमा लगातार गिरावट, यी कम्पनीको मूल्यमा नेगेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा गिरावट आएको छ । बुधबार १३ अंकले घटेको नेप्से आज झिनो अंकले घटेको हो ।

सूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १० करोडले घटेर ७३ करोड रुपैयाँमा सीमित भएको छ ।

बिहीबार सेयर बजार मापक सूचक नेप्से १३.६८ अंकले घटेर १८८९.७३ बिन्दुमा आइपुगेको छ । यसदिन २६९ कम्पनीको २१ लाख ७४ हजार ९१४ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये बैंकिङ र होटल बाहेक अरु सबै उपसमूहको परिसूचक राताम्मे भएको छ । उत्पादनमूलक समूहको परिसूचक सबैभन्दा धेरै १.२८ प्रतिशतले घटेको छ ।

आज एभरेष्ट बैंकको सर्वाधिक कारोबार भएको छ । यसको सबैभन्दा धेरै पौने ४ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, नबिल बैंक सवा ३ करोड र शिवम् सिमेन्ट ३ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

झिनो अंकले घटेको बजारमा एनआइबीएल ग्रोथ फण्ड र एनएमबी बैंकको डिबेन्चरधनीले करिब १० प्रतिशत गुमाएका छन् ।

नेपालमा उत्पादित सवारीसाधन दर्ता गर्ने बाटो खुल्यो, अब भन्सार प्रज्ञापनपत्र नचाहिने Read Previous

नेपालमा उत्पादित सवारीसाधन दर्ता गर्ने बाटो खुल्यो, अब भन्सार प्रज्ञापनपत्र नचाहिने

अर्थतन्त्र संकटको मुख्य कारक मौद्रिक नीति नै हो ? Read Next

अर्थतन्त्र संकटको मुख्य कारक मौद्रिक नीति नै हो ?