एनसेलको मोबाइल नम्बर अब ९७० बाट सुरू हुने

काठमाडौं । दूरसंचार सेवा प्रदायक एनसेलको मोबाइल नम्बर अब ९७० बाट सुरू हुने भएको छ। एनसेल आजियाटाले बिहीबार एक सूचना जारी गर्दै प्रयोगकर्ताहरूलाई ९७० बाट सुरू हुने सिमकार्ड नम्बर उपलब्ध गराउने जनाएको हो।

कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणबाट २०७८ को चैत ६ गते ९७० रेञ्जको सिमकार्ड नम्बर वितरण गर्न स्वीकृति पाएको हो। थप सिमको आवश्यकता भएसँगै कम्पनीले नयाँ रेन्जको आवश्यकता बताउँदै स्वीकृति लिएको हो।

हाल एनसेलले ९८०, ९८१ र ९८२ नम्बर रेन्जमार्फत सिम कार्ड वितरण गरिरहेको छ। हालसम्म एनसेलले करिब ३ करोड सिम वितरण गरिसकेको प्राधिकरणले जनाएको छ ।

हाल नेपाल टेलिकमले भने ९७४, ९७५, ९७६, ९८४, ९८५ र ९८६ रेन्जमार्फत सिम वितरण गरिरहेको छ।

त्यस्तै, यूटीटएलले ९७२ रेन्जमार्फत र स्मार्ट टेलिकमले ९६१, ९६२ र ९८८ रेन्जमार्फत् सिम वितरण गरिरहेको छ। यद्यपि, स्मार्ट टेलिकम हालै बन्द भएको छ ।

धानखेत मासेर सुन्तला खेती Read Previous

धानखेत मासेर सुन्तला खेती

नेपालमा उत्पादित सवारीसाधन दर्ता गर्ने बाटो खुल्यो, अब भन्सार प्रज्ञापनपत्र नचाहिने Read Next

नेपालमा उत्पादित सवारीसाधन दर्ता गर्ने बाटो खुल्यो, अब भन्सार प्रज्ञापनपत्र नचाहिने