४६३ आरोहीले लिए सगरमाथा आरोहणको अनुमति, ७४ करोड रोयल्टी संकलन

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ४०० भन्दा बढी आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार आजसम्म ४२ आरोही समूहका ४६३ आरोहीले सगरमाथा आरोहणको अनुमति लिएका हुन् ।

पर्वतारोहण शाखाका शाखा अधिकृत विज्ञान कोइरालाका अनुसार अब दुई/तीन जना नेपाली र केही विदेशी सगरमाथा आरोहणको अनुमति लिने प्रक्रियामा छन् । समग्रमा यो वर्षको वसन्त ऋतुमा करिब ४७० आरोहीले अनुमति लिने विभागको अनुमान रहेको छ ।

अनुमति लिएका आरोही अहिले सगरमाथाको आधार शिविर र दोस्रो शिविरमा आरोहणको प्रतीक्षामा छन् । सगरमाथाको चौथो शिविरसम्म आइसफल डाक्टरले बाटो बनाइसकेका छन् । सगरमाथाको चुचुरोमा डोरी टाँगेपछि आरोहण सुरु हुन्छ ।

सरकारले सगरमाथा आरोहण अनुमतिबाट मात्रै रु ७३ करोड ७४ लाख राजस्व सङ्कलन गरेको छ ।

कामना सेवा विकास बैंकको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन Read Previous

कामना सेवा विकास बैंकको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

हिमाल दोलखा हाइड्रोपावरले पायो हकप्रद जारी गर्न अनुमति Read Next

हिमाल दोलखा हाइड्रोपावरले पायो हकप्रद जारी गर्न अनुमति