काठमाडौं । कामना सेवा विकास बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
बैंकले साधरण सभा प्रयोजनका लागि भोलि (वैशाख १५ गते) गते बुकक्लोज तोकेको छ । सो अनुसार आजसम्म कायम रहने सेयरधनीले मात्र कम्पनीको लाभांश पाउने छन् ।
बैंकले आवको मुनाफाबाट ४.४१ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ०.२३ प्रतिशत नगद गरी कुल ४.६४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
बैंकले सो लाभांश पारित गर्न वैशाख ३१ गते वार्षिक साधारण सभा बोलाएको छ। बैंकको सभा सिद्धार्थ बुटिक होटल, सिमलटार बौद्ध काठमाडौंमा हुनेछ ।
बैंकको साधरण सभाले पारित गरेपछि सेयरधनीले उक्त लाभांश पाउने छन् ।