वैशाख २२ देखि सातौं चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने

काठमाडौं । उद्यमशिलता विकास र औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग गर्ने उद्देश्यले वैशाख २२ गतेदेखि सातौं चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी २०८० आयोजना हुने भएको छ ।

चितवनका उद्योगीहरूको छाता संस्थाको रुपमा रहेको चितवन उद्योग संघको आयोजना, संघको केन्द्रीय छाता संस्था नेपाल उद्योग परिसंघको प्रवद्र्धन सहयोग, मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्टको व्यवस्थापकीय साझेदारीमा औद्योगिक प्रदर्शनी हुन लागेको हो ।

३ दिनसम्म चल्ने उक्त प्रदर्शनी चितवन प्रदर्शनी केन्द्र, भरतपुरमा आयोजना हुनेछ । प्रदर्शनीमा निर्माण, कृषि, अटोमोबाइल, फर्निचर, इन्जिनियरिङ, मेटल, फर्मास्युटिकल्स, टेक्सटाइल, प्रिन्ट्रिङ, प्याकेजिङ, प्लाष्टिक, पर्यटन, फूड एण्ड बेभरेजेज तथा अन्य सेवामूलक उद्योगहरूको उत्पादन र सेवाका प्रदर्शनी हुने उनले जानकारी गराए ।

यी उद्योगहरूलाई उपयोगी हुने आधुनिक मेशिन, यन्त्र उपकरण र प्रविधिको प्रदर्शनीसहित राष्ट्रिय तथा अन्तराष्ट्रिय गरी २०० भन्दा बढी स्टलहरू रहने छन् ।

निःशुल्क प्रवेशको व्यवस्था हुने यस प्रदर्शनीमा देशका विभिन्न जिल्लाका उद्योग तथा व्यवसाय गर्न इच्छुक नवउद्यमीहरू, विभिन्न राष्ट्रका आधुनिक प्रविधि उत्पादकहरू, नेपाली उद्योगहरूका सञ्चालकहरू, लगानीकर्ताहरू तथा उच्च व्यवस्थापकहरू, उद्यमीका व्यवसायिक परामर्शदाताहरू, वित्तिय सेवा प्रदायकहरू लयागतको सहभागीता रहनेछ ।

अर्थतन्त्र सुधार्नेबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव राष्ट्रिय सभामा पेस Read Previous

अर्थतन्त्र सुधार्नेबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव राष्ट्रिय सभामा पेस

बनबासा पुलमा निर्बाध सवारी संचालनमा भारतीय रोक, गड्डाचौकी नाकाको राजस्वमा असर Read Next

बनबासा पुलमा निर्बाध सवारी संचालनमा भारतीय रोक, गड्डाचौकी नाकाको राजस्वमा असर