काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । मंगलबार १७ अंकले बढेको नेप्से आज १३ अंकले घटेको हो ।
सूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ४ करोडले घटेर ८४ करोड रुपैयाँमा सीमित भएको छ ।
बुधबार सेयर बजार मापक सूचक नेप्से १३.६८ अंकले घटेर १८९२ बिन्दुमा आइपुगेको छ । यसदिन २६४ कम्पनीको २५ लाख ७१ हजार २०२ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएको छ । लगानी समूहको परिसूचक सबैभन्दा धेरै १.३३ प्रतिशतले घटेको छ ।
आज लगानीकर्ता शिवम् सिमेन्टको सेयरमा झुम्मिएका छन् । शिवम् सिमेन्टको सर्वाधिक ७ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, तारागाउँ रिजेन्सी पौने ४ करोड र एभरेष्ट बैंक ३ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
दोहोरो अंकले घटेको बजारमा सनराइज ब्लूचिप फण्डका लगानीकर्ताले सर्वाधिक ९.१२ प्रतिशत गुमाएका छन् ।