रिपब्लिक मिडियाले पायो आइपीओ जारी गर्न अनुमति

काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडले प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई वैशाख ११ गते आइपीओ जारी गर्न अनुमति दिएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ४३ करोड ५३ लाख रुपैयाँ बराबरको ४३ लाख ५३ हजार कित्ता सेयर बिक्री गर्न अनुमति दिएको पाएको हो । कम्पनीले जारी पूँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४.९९ प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्न लागेको हो ।

बोर्डबाट अनुमति पाएसँगै रिपब्लिका मिडिया संचार क्षेत्रबाट साधरण सेयर जारी गर्ने पहिलो कम्पनी समेत बन्ने भएको छ । यस्तै, संचार क्षेत्रबाटै कान्तिपुर टेलिभिजन पनि आइपीओ जारी गर्ने तयारीमा छ ।

रिपब्लिकाले यसअघि नै आइपीओ जारी गर्न मेगा क्यापिटल मार्केट लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक चयन गरिसकेको छ ।

रवि लामिछाने कीर्तिमानी मतान्तरले विजयी, कति मत पाए ? Read Previous

रवि लामिछाने कीर्तिमानी मतान्तरले विजयी, कति मत पाए ?

१५ दिनभित्र अव्यस्थित तार हटाउन महानगरको निर्देशन Read Next

१५ दिनभित्र अव्यस्थित तार हटाउन महानगरको निर्देशन