काठमाडौं । । रुपन्देहीको तिलोत्तमा नगरपालिकाभित्रको राजमार्ग क्षेत्रमा फ्री वाइवाइ सेवा सञ्चालनमा आएको छ । तिलोत्तमा नगरपालिकाले सोमबारदेखि नगरपालिका भित्र पर्ने सिद्धार्थ राजमार्ग क्षेत्रमा फ्री वाइफाइ सेवा सुरु गरेको हो ।
लुम्बिनी प्रदेश सरकारको आर्थिक सहकार्यमा बुटवल र तिलोत्तमाको सीमा क्षेत्र योगीकोटीदेखि कोटीहवासम्मको १३ किलोमिटर सडक क्षेत्रमा फ्री वाइफाइ सुरू गरिएको हो।
नगरपालिकाले सिद्धार्थ राजमार्गअन्तर्गत बेलहिया बुटवल ६ लेन सडक क्षेत्रमा जडान गरेको फ्री वाइफाइमा प्रयोगकर्ताले फेसबुक र यु ट्यूव, ट्वीटरलगायतका सामाजिक सञ्जाल चलाउन पाए पनि टिकटक र पोर्न साइटहरु भने चलाउन पाउने छैनन् ।
नगरपालिकाले २ करोड १५ लाखको परियोजना अन्तर्गत सूचना राजमार्गमा फाइबर विस्तार गर्दा ८५ लाख रुपैयाँ र फ्री वाइफाइ डिभाइस जडान गर्दा २५ लाख रुपैयाँ खर्च गरेको छ ।